|

बेनी (म्याग्दी) : जिल्लाको एक नगरपालिका सहित छमध्ये तीन स्थानीय तहमा बैंक नहुँदा सर्वसाधारण, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई समस्या भएको छ। बैंक नभएका कारण कारोबारका लागि उनीहरू सदरमुकाम धाउन बाध्य भएका छन्।  

गाउँमा बैंक नभएका कारण गाउँपालिकाको खाता सदरमुकाममा रहेका बैंकमा खोलिएको छ, त्यसैले हरेक आर्थिक कारोबारका लागि सदरमुकाम आउनैपर्ने बाध्यता रहेको छ। धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुन बैंकको कामकै लागि दिनभर लगाएर सदरमुकाम आउन बाध्य भएको बताउँछिन्।  

अहिले सदरमुकाम बेनीबजारमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैंकलगायत एक दर्जन बढी निजी तथा विकास बैंकले सेवा दिइरहेका छन् भने मालिका गाउँपालिकाको दरबाङमा सरकारी बैंक नभए पनि गरिमा लगायत निजी बैंक रहेका छन्।

यता मंगाला गाउँपालिकाको केन्द्र बाबियाचौरमा गरिमा विकास बैंकबाट कारोबार हुँदै आएको छ। गाउँपालिकाको खाता सदरमुकामकै बैंकमा रहेको छ। बैंक नभएकै कारण कतिपय कर्मचारी तथा जनप्रतिनिधि सदरमुकाम केन्द्रित हुन थालेका छन्। 

सरकारले गत साउनमै हरेक गाउँपालिकामा बैंक पुर्‍याउने भने पनि अहिलेसम्म कुनै बैंकका शाखा खुलेका छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.