|

सुनसरी : धरान उपमहानगरपालिका-६ स्थित पानवारीका हात्तीपीडितलाई धरान उपमहानगरपालिकाले आइतबार राहत वितरण गरेको छ। उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाले पानवारीका ६ घर परिवारलाई राहतस्वरुप नगद वितरण गरेका हुन्। हात्तीपीडित ध्रुव कटवाललाई ५ हजार नगद, जंगरानी लावतीलाई ९ हजार, अमृत विकलाई ५ हजार, गोवद्र्धन कार्कीलाई ३ हजार, जीवन भुजेल र सनम मगरलाई १५/१५ सय वितरण गरिएको हो।

एक महिनाअघि जंगलबाट आएका हात्तीले उनीहरुको घर भत्काएको थियो। हात्तीपीडितहरुको क्षतिको विवरण वडा कार्यालयमार्फत संकलन गरेर राहत वितरण गरिएको हो। अहिले पनि हात्तीले बेलाबेलामा दुःख दिने गरेकाले यसको दीर्घकालीन उपाय खोज्नुपर्ने वडा नम्बर ६ का  अध्यक्ष भुवनसिंह बस्नेतले बताए। अहिलेसम्म पानवारीमा हात्ती आक्रमणले  ७ जनाको ज्यान गइसकेको छ। पानवारी हात्ती प्रभावित क्षेत्रसमेत मानिँदै आएको वडाअध्यक्ष बस्नेतले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.