|

जुम्ला : छाउपडी कुप्रथा विरुद्धको बनेको पञ्चवर्षीय जिल्ला कार्यान्वयन योजना जुम्लामा अनुमोदन गरिएको छ। आत्मसम्मानका लागि सहकार्य (क्याड) नेपाल, कर्णाली विकास हातेमालो सेवा समाज जुम्ला र एक्सन वक्र्स नेपाल जुम्लाको सहयोग तथा महिला तथा बालबालिका कार्यालय जुम्लाको आयोजनामा पञ्चवर्षीय कार्यन्वयन योजना सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला अदालत जुम्लाका न्यायाधीश कार्ययोजनाले यो क्षेत्रका महिलाको न्याय गर्ने बताए।

उनले भने, यसको अक्षरशः कार्यान्वयन भए समाज विकासमा पनि सहयोग पुग्नेछ। यसका लागि हरेक समाजमा बस्ने मानिसको चेतनाको विकास हुनुपर्ने उनले बताए। जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले यो रणनीतिक योजना जिल्लाका सबै स्थानीय तहसँग समन्वय गरेर अघि बढ्नुपर्ने बताए। उनले अब २७ भदौमा हुने जनप्रतिनिधिहरुको बैठकबाट छुई कुप्रथा अन्त्यको ५ वर्षीय रणनीतिक योजनालाई एकीकृत गरेर लैजान अनुरोध गर्नुपर्नेमा जोड दिए।

चन्दननाथ नगरपालिकाका उपप्रमुख अप्सरादेवी न्यौपानेले महतले नगरपालिकाको साँचो ग्रहण गर्दा छुई प्रथा अन्त्य गर्ने भनेर प्रतिबद्धता गरेको बताइन्। उनले योजनालाई राम्रोसँग लागू गर्न सबै स्थानीय तहले आफ्नो योजनामा समावेश गर्नुपर्ने जनाइन्।

तिला गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया बुढाले कुरा मात्र गरेर नहुने र हरेकले आफैँबाट सुरु गर्नुपर्नेमा जोड दिइन्। उनले आफ्नो गाउँपालिकामा पनि त्यसको अन्त्यका लागि आफूले अभियान थाल्ने बताइन्। कार्यक्रममा महिला तथा बालबालिका कार्यालय जुम्लाका कार्यालय प्रमुख गोमा प्रसाईंले छुईका कारण महिलाहरु हिंसा परे बालबालिका कार्यालय सहयोगका लागि प्रतिबद्ध रहेको सुनाइन्।

५ वर्षीय रणनीतिक योजनामा जनप्रतिनिधि, न्यायधीश, वकिल, जिल्लाका विभिन्न कार्यालय प्रमुख, नागरिक समाजका अगुवा, पत्रकारहरुले प्रभावकारी रुपमा लागु गर्ने भनेर हस्ताक्षर गरेका थिए। महिला तथा बालबालिका कार्यालयले अब यो योजना सबै स्थानीय तहमा लागू गर्नका लागि पठाउने बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.