|

रुकुम  :  रुकुममा यमाहा एक्सचेन्ज अफर सञ्चालन गरिएको छ। दसैंतिहारको अवसरमा न्यु छिबांगी अटो पार्टस वर्कसप रुकुमले एक्सचेन्ज अफर आयोजना गरेको हो। एक्सचेन्ज अफरअन्तर्गत पुराना मोटरसाइकल साटेर नयाँ मोटरसाइकल लिन सकिनेछ।

जसअनुसार रुकुममा पुराना मोटरसाइकल साटेर नयाँ मोटरसाइकल धमाधम लिनेको संख्या बढेको छ। यमाहामा १ लाख ८० हजार देखि ४ लाख सम्मका विभिन्न प्रकारका मोटरसाइकल एक्सचेन्ज अफरमा राखिएको छ। एक साताबीचमा १ सय मोटरसाइकल बिक्री भएको न्यु छिबांगी अटो पार्टस खलंगाका सञ्चालक आकाश रोकाले जानकारी दिए।

उनका अनुसार यमाहा डिलरको सहकार्यमा रुकुममा दुईपटक एक्सचेन्ज अफर सञ्चालन गएको छ। आफ्नो पुरानो मोटरसाइकल साटेर नयाँ लिने र सुरुमै नयाँ मोटरसाइकल लिनेहरुलाई पनि करिब ७ हजार छुट र त्यति रकम बराबरको समानसमेत प्रदान हुँदै आएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.