|

उदयपुर : सुत्केरी व्यथाले उदयपुरमा एक महिलाको मृत्यु भएको छ। जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ९ की ३८ वर्षीया रामकुमारी दनुवारको सोमबार बिहान ९ बजे जिल्ला अस्पतल उदयपुरमा मृत्यु भएको हो।

प्रहरी जवान गंगा दनुवारका श्रीमती रामकुमारी सुत्केरी व्यथाले च्यापेपछि आइतबार राति ९ बजे जिल्ला अस्पता उदयपुर ल्याइएको थियो। शल्यक्रिया नगरी प्राकृतिक रुपमै सुत्केरी गराउने क्रममा उनको मृत्यु भएको जिल्ला अस्पताल उदयपुरमा खटिएका प्रहरी हवल्दार सुरेन्द्र लम्सालले जानकारी दिए।

सुत्केरी हुने क्रममा एक्कासि बान्ता भएर स्वाशप्रस्वाश नलीमा अड्किर उनको मृत्यु भएको जिल्ला अस्पतालका निमित्त प्रमुख डा. फणिन्द्र बरालले जानकारी दिए। मृतक दनुवारका ३ छोरी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.