|
फाइल फोटो

दमक : झापाको दमक र मोरङको पथरीशनिश्चरेमा विगत २६ वर्षदेखि बसोवास गर्दै आएका भुटानी शरणार्थीलाई स्वदेश फर्काउन शरणार्थीकै हकहितमा क्रियाशील संघ-संस्थाले माग गरेका छन्। शिविरमा सक्रिय भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समिति र भुटान स्वतन्त्र जनमञ्चले नेपाल सरकारसहित शरणार्थीसंग सम्बन्धित दातृ निकायसंग स्वादेश फिर्तीको मागलाई प्राथमिकता दिन आग्रह गरेका हुन्। उनीहरुले स्वदेश फिर्तीसंगै भुटानी शरणार्थीको दिगो समाधान खोज्न पनि ढिलाई नगर्न आग्रह गरेका छन्।

दुवै संगठनले सोमबार निकालेको संयुक्त विज्ञप्तिमा भुटानी शरणार्थीलाई स्थानीय क्षेत्रमा नै स्थानीयकरण गर्न खोजिएको भन्दै आपत्ति जनाइएको छ। भुटानी शरणार्थीलाई तेस्रो मुलुक पुनर्वास र स्वदेश फिर्तीसँगै स्थानीयकरण गर्ने युएनएचसिआरको नीति छ। तर अहिलसम्म तेस्रो मुलुक पुनर्वासले मात्र प्राथमिकता पाएको छ। स्वेदश फिर्ती समितिका अध्यक्ष डाक्टर भम्पा राई र जनमञ्चका उपाध्यक्ष हर्कजङ्ग सुब्बाद्वारा हस्ताक्षारित विज्ञप्तिमा शरणागत भुटानीलाई आश्रय लिँदै आएको क्षेत्रमा नै गाभ्ने कार्य शरणार्थीको माग नभएको उल्लेख छ। ‘भुटानी शरणार्थी स्वदेशका पक्षधर जति छन् ती सबै आफ्नै घर फर्कन चाहन्छन्,’ विज्ञप्तिमा भनिएको छ।

उनीहरुले भुटानी शरणार्थीको अबको गन्तव्य भनेको जतिसक्दो छिटो स्वदेश फिर्ती नै भएकोमा जोड दिएका छन्। भुटानी शरणार्थीलाई तेस्रो मुलुक पुनर्वास गराउनमात्र खोजिएको तर, स्वदेश फर्कन चाहनेहरुको आवाज नसुनेको उनीहरुको गुनासो छ।

स्वदेश फर्कने बाटो नखुलेपछि एक लाखभन्दा बढी शरणार्थी तेस्रो मुलुक पुनर्वास भइसकेका छन्। अब झापा र मोरङमा करिब १० हजारको संख्यामा शरणार्थी बाँकी छन्। शिविरमा रहेका करिब १६ सय शरणार्थीले विभिन्न कारणले परिचय पत्रसमेत पाएका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.