|

काठमाडौं : एमाले स्थायी समितिको सोमबारको बैठकले समानुपातिक सिटका लागि निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय धुम्वाराहीमा सोमबार बसेको स्थायी समिति बैठकले नेपालको ७ प्रदेशको प्रतिनिधि र प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने सिट र समानुपातिक सिटका लागि निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने निर्णय गरेको हो।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीमा जिल्ला कमिटीले तोकेको सम्बन्धित जिल्ला कमिटीको सदस्य संयोजक रहने गरी यसअघिका निर्वाचन क्षेत्रीय कमिटीका सदस्यहरु, आफू रहेको निर्वाचन क्षेत्रीय कमिटीमा रहने पनि बैठकले निर्णय गरेको छ। 'एउटा मात्र निर्वाचन क्षेत्र भएको ३५ जिल्लामा निर्वाचन क्षेत्रीय कमिटी गठन गर्न नपर्ने तर

४२ जिल्लाको १ सय ३० निर्वाचन क्षेत्रमा गठन गर्ने। प्रदेशसभा निर्वाचन क्षेत्रीय कमिटी ७७ जिल्लाका ३ सय ३० निर्वाचन क्षेत्रमा प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी गठन गर्ने । जिल्ला कमिटीले तोकेको सम्बन्धित जिल्ला सदस्य संयोजक रहनेगरी त्यस प्रदेशसभा अन्तर्गतको निर्वाचन क्षेत्रमा रहेका गाउँ कमिटी, नगर कमिटी, महानगर- उपमहानगरपालिका कमिटीका पदाधिकारी सदस्य रहनेु निर्णय गरेको सचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.