|

पोखरा: पर्यटकीय नगरी पोखरामा शनिबार अन्तर्राष्ट्रिय काव्य संगम सम्पन्न भयाे।

विभिन्न देशका स्रष्टाहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा संगीत नाट्य प्रज्ञा-प्रतिष्ठानका कुलपति प्राज्ञ सरूभक्त, देवकाेटा लुसुन प्रज्ञा-प्रतिष्ठानका अध्यक्ष्य निनु चापागाईँलयायत देश विदेशका अतिथिहरूकाे हातबाट कवि कृष्ण प्रसाईंकाे कवितासङ्ग्रह 'घामको विरासत'काे लोकार्पणसमेत गरियो। यस कृतिको यूएईबाट पनि एकसाथ विमाेचन गरिएकाे थियो।

सोही अवसरमा धम्बुसमा साहित्य गोष्ठी भएको र पोखरामा वृहत कविगोष्ठीसमेत सम्पन्न भएको कवि प्रसाईंले जानकारी दिए। कविगोष्ठीमा चार दर्जन कविले आआफ्ना कवितावाचन गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.