|

काठमाडौँः निर्वाचन आयोगले शेरबहादुर देउवा नेतृत्वको सरकारले आइतबार गरेको मन्त्रिपरिषद विस्तार आचारसंहिताविपरीत भएको जनाएको छ।

सोमबार विज्ञप्ति जारी गर्दै आयोगले गत भदौ १५ गते नै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई मंसिर १० र २१ गते संपन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि भदौ १४ गतेदेखि नै निर्वाचन आचारसंहिता लागू भइसकेको बताएको छ। उक्त आचारसंहिता लागू भइसकेको सन्दर्भमा मन्त्रिपरिषद विस्तार गरिनु आचारसंहिताविपरीत भएको आयोगले प्रष्ट पारेको छ।

सरकारले आइतबार तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.