|

दाङ : सांसद् अनारकली मियाँको काठमाडौंस्थित कोठामा चोरी भएको छ। सासद मियाँ आफ्नो गृहजिल्ला दाङ आएका बेला काठमाडौंको बबरमहलमा रहेको कोठामा सोमबार दिउँसो चोरी भएको हो।

सांसद् मियाँका अनुसार दिउँसो नै चोरले कोठा फोरेर कोठाका विभिन्न सामान चोरी गरेको छ। 'म जिल्लामा छु,' साँसद मियाले भनिन्,' मेरो काठमाडौमा रहेको कोठामा चोरी भएछ। घरभेटीले खबर गरे पछि मात्रै थाहा भयो। सांसदको कोठा समेत सुरक्षित छैन जनतामा झन् के होला?' उनले भनिन्। 

उनले काठमाडौंमा चोरी बढिरहेपनि राज्यले सुरक्षा दिन नसकेको बताइन्।  मियाँले कोठामा रहेका ल्यापटप, आइप्याड, क्यामरा, गहना लगायतका सामाग्री चोरीएको बताइन्। 

उनी मानबहादुर खडकाको घरको भुइँतलामा बस्दै आएकी छिन्। सोमबार दिउँसो चोरीको खबर आए लगतै प्रहरी घटनास्थलमा पुगेको जानकारीप्राप्त भएको मियाँले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.