|

डडेल्धुरा : डडेल्धुरा बहुमुखी क्याम्पसले प्रदेश नं. ७ स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। डडेल्धुरा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो। 

प्रतियोगिताबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा स्ववियु सभापति जगत बहादुर ऐरले समाजमा सकारात्म धारणाको विकास गर्न खेलकुद प्रतियोगिता आयोजना गरिने बताए। आमागी असोज ७ गते देखि १० गतेसम्म याम्पसको किर्तिपुरस्थित छात्रावास खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा प्रदेश नम्बर ७ का विभिन्न जिल्लाका टोलीहरुको सहभागिता रहने उनले जानकारी दिए।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ नगद प्राप्त गर्ने जानकारी पत्रकार सम्मेलनमा दिइयो। विजेता, उपविजेता र तेस्रो हुने टिमले नगद पुरस्कारसँगै ट्रफी समेत हात पार्नेछन्। 

त्यस्तै वेष्ट प्लेयरलाई २ हजार ५ सय रुपैयाँ र विधागत रुपमा उत्कृष्ट हुनेहरुलाई जनही १ हजार ५ सय रुपैयाँका दरले पुरस्कृत गरिने जानकारी पत्रकार सम्मेलनमा दिइयो। 

प्रतियोगितामा १२ देखि १५ टिमहरुको सहभागिता रहने अनुमान आयोजकको छ। प्रतियोगिता सञ्चालनका लागि अनुमानित २ लाख ७५ हजार रुपैयाँ खर्च लाग्ने जानकारी पत्रकार सम्मेलनमा दिइयो। 

प्रतियोगितामा सहभागिता जनाउने टिमका लागि दर्ता शुल्क २ हजार रुपैयाँ तोकिएको तथा बाहिरी जिल्लाबाट प्रतियोगितामा सहभागि हुन आउने टोलीका लागि बस्ने व्यवस्था आयोजकले नै गरेको सभापति ऐरले जानकारी दिए। यस प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.