|

तनहुँ : सार्वजनिक स्थालमै खुकुरी प्रहर गरी आतंक मच्चाउने समुहका १९ जना विरुद्ध प्रहरीले सार्वजनिक मुद्दा दर्ता गरेको छ। भदौ २४ शनिबार व्यास नगरपालिका ५ पाटनस्थित सार्वजनिक स्थानमा खुकुरी प्रहार गरी आतंक मच्चाउने समूहका १९ जनालाई प्रहरीले पक्राउ गरेको थियो। 

सोही स्थान बस्ने २३ वर्षीय सनम राई र १७ वर्षीय मनिष थापालाई सार्वजनिक स्थलमा भेला भई खुकुरी प्रहार गरेको अभियोग उनीहरुमाथि छ। प्रहरीले उनीहरुलाई  तरबार र बाँसका लाठाभाटा सहित पक्राउ गरेको थियो। 

उनीहरु विरुद्ध सार्वजनिक सोमबार अपराध मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। उनीहरुमाथि धारिलो हतियार तरबार, खुकुरी तथा लाठा–भाटासहित जम्मा भएर आतंक मच्चाएको अभियोग छ। 

अभियुक्त १९ जना विरुद्ध मुद्दा दायर गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक उमेशराज जोशीले बताए।

यी हुन् १९ जना अभियुक्त 

ऋषिङ्ग गाउँपालिका वडा नं.१ का १९ वर्षीय भक्त बहादुर सारु मगर, २० वर्षीय राजु गर्जा, १८ वर्षीय कुम्भ डिसुवा, १६ वर्षीय बलदेव थापा, २२ वर्षीय टेक बहादुर थापा, २१ वर्षीय मानसिंह थापा, १७ वर्षीय ओमराज थापा, २० वर्षीय पूर्ण बहादुर आले, १९ वर्षीय सञ्जय थापा, २१ वर्षीय विशाल थापा, २४ वर्षीय कर्ण बहादुर थापा, १६ वर्षीय बुद्धमान भन्ने रुपेश गुरुङ्ग, २० वर्षीय सुरेश गुरुङ्ग, २१ वर्षीय उज्वल पुन, १७ वर्षीय भोटे भन्ने दुर्गा बहादुर आले, १६ वर्षीय उमेश नेपाली, १४ वर्षीय तुलसी भन्ने तुल बहादुर थापा, १६ वर्षीय सरोज दर्लामी र १६ वर्षकै कुमार थापा विरुद्ध सार्वजनिक अपराध मुद्दा दर्ता गरिएको प्रहरी उपरीक्षक जोशीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.