|

 काभ्रे : धुलिखेल नगरपालिका वडा नं. १२ शंखुपाटैरस्थित वडा कार्यालयमा लगाएको ताला एक हप्ता पछि सोमबार खुलेको छ। स्वास्थ्य चौकीको कार्यालय सहयोगी नियुक्तिको विषयलाई भएको विवादपछि नेपाली कांग्रेसले लगाएको ताला एक सातापछि खुलेको हो। यसअघि एमालेले मनपर्दी रुपमा कार्यालयमा कर्मचारी नियुक्त गरेको र कर्मचारी नियुक्त गर्ने क्रममा राजनीतिक आस्थाका आधारमा विभेद गरेको कांग्रेसको आरोप थियो। 

ताला लगाएपछि वडा कार्यालयबाट हुने सेवा प्रभावित हुँदै भएको थियो। समस्या समाधानको लागि आज प्रमुख जिल्ला अधिकारी शिव प्रसाद सिमखडा, धुलिखेल नगरपालिकाका उप प्रमुख विमला शर्मा, जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा. अर्जुन सापकोटा, १२ नंं वडाका वडाध्यक्ष हर्क बहादुर लामा र नेपाली कांग्रेसका वडा ईकाई सभापति महेन्द्र बहादुर लामा लगायतको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले ताला खोल्ने सहमति गरेको हो।

बैठकमा यसअघि नियुक्ती नपाएकी मुना लामालाई पनि नियुक्ती पाएकी लक्ष्मी लामा सरह सेवा सुविधा दिने निर्णय सहमति भएको १२ नंं वडाका विजयी वडा सदस्य प्रविण सापकोटाले बताए। ‘जिल्लाको प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा नै बसेको बैठकले मुना लामालाई पनि पहिला नै नियुक्ती पाएका लक्ष्मी लामाकै सो सरहमा सेवा सुविधा पाउने निर्णय भएको छ,’ सापकोटाले भने।

प्रमुख जिल्ला अधिकारी शिव प्रसाद सिमखडाले आफुलाई नगरपालिकाका कार्यकारी अधिकृतले वडाको समस्या समाधान गर्नको लागि अनुरोध गरेपछि दुबैै पक्ष र नगरपालिकाका उपप्रमुखसहितको उपस्थितिमा भएको छलफलबाट सहमतिमा पुगेको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.