|

काठमाडौं : नेपाली डकुमेन्ट्री फिल्म ‘भाग्ले बाँचेकाहरु –नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स’ ले अमेरिकामा उत्कृष्ट डकुमेन्ट्री अवार्ड जितेको छ।अमेरिकाको जर्जिया राज्यस्थित म्यारियट्टा शहरमा आइतबार राति सम्पन्न म्यारियट्टा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘भाग्यले बाँचेकाहरु’ सर्वोत्कृष्ट डकुमेन्ट्री घोषित भयो। 

विश्वका १४ वटा देशका ५५ वटा फिल्म यस अवार्डमा प्रतिस्पर्धामा थिए। त्यसमध्ये भाग्यले बाँचेकाहरु डकुमेन्ट्री विधामा सर्वोत्कृष्ट अवार्ड जित्न सफल भएको म्यारियट्टा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका कार्यकारी निर्देशक डा. रिचर्ड ताभेरनारोले जानकारी दिए। 

भाग्यले बाँचेकाहरु टिमका तर्फबाट जर्जियास्थित मानार्थ नेपाली पर्यटन दूत राजा घलेले अवार्ड थापेका थिए। नेपालबाट भाग्यले बाँचेकाहरुमात्र सो महोत्सवमा प्रतिस्पर्धाका लागि छनौट भएको थियो। 

महाभूकम्पमा परी चमत्कारीक रुपमा ज्यान बचाउन सफल नेपालीहरुको कथामा बनेको यस वृत्तचित्रले यसअघि पनि थुप्रै अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ। ‘अमेरिकामा पनि अवार्ड जित्न सफल भएकोमा धेरै खुसी लागेको छ। हामीले गरेको काम संसारभर सम्मानित हुनु गर्वको कुरा हो,’ भाग्यले बाँचेकाहरुका निर्देशक गणेश पाण्डेले भने, ‘अन्तर्राष्ट्रिय जगतमा यसले नेपालको इज्जत र गरिमा बढाउने काम गरेको छ।’

साइन मिडिया प्रालिका लागि शारदा गैरेले निर्माण गरेको भाग्यले बाँचेकाहरुको छायाँकन विनोद विष्ट, सम्पादन कुमार शाह, संगीत जुगल डंगोल, लेखन सपना शाक्य र दीपक कोइरालाले गरेका छन् भने अमेरिकन चलचित्रकर्मी जोजाय हुपरले परामर्शदाता सम्पादकको रुपमा काम गरेका छन्। 

फोटोमा हेर्नुस् अवार्ड वितरण समारोह :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.