चाडबाड नजिकिएसँगै ठगिनुपरेकोमा उपभोक्ता चिन्तित

|

उदयपुर :     उदयपुरमा बजारमा अनुगमन नहुँदा उपभोक्ता मारमा परिरहेका छन्। हिन्दू धर्मवलम्बीहरुको दसैँ, तिहार छठ नजिकिँदै गर्दा पनि बजार अनुगमनमा सम्बन्धित निकायले ध्यान नदिँदा उपभोक्ता मारमा परेका हुन्।

बजार अनुगमन नहुँदा खुलेआमा मिसावट गरिएका अखाद्य वस्तुको बिक्री वितरणसमेत हुने गरेको उपभोक्ताको गुनासो छ। ‘पढेलेखेको उपभोक्ता भए कुन समानको कुन समयमसम्म उपभोग गर्नुपर्ने हो, त्यो थाहा पाउँछ,’ पदम दाहालले भने, ‘जिल्ला प्रशासन लगायतले बजार अनुगमन समय समयमा गरिदिएको भए राम्रो हुने थियो, गर्दैन।’

दसैँ तिहारको वेला ग्रामीण क्षेत्रमा नयाँ बजारमा जिल्लाको कटारी, गाईघाट, बेल्टार, घुर्मीका बजार प्रशासनले बेवास्ता गर्दै आएको छ। ‘गएको असार महिनामा सुर्तीको लाइसेन्स खोज्दै सहायक सिडओ आएका थिए,’ बेल्टार बजारका स्थानीय व्यापारी राजेश भण्डारीले भने, ‘बजार अनुगमन गर्न आएका रहेछन् भनेको त, पछि बुझ्दा होइन रहेछ।’ अब दसैँ तिहार आयो एकपटक बजार अनुगमन गरिदिए व्यापारी पनि सचेत हुने तर्क बेल्टारमा सामान्य होटल गरेर जिविको पार्जन गर्ने भण्डारीको छ।

बजार अनुगमन नहुँदा व्यापारीहरुले पनि मनपरी गरिरहेको आरोप उपभोक्ताको छ। बजार अनुगमन नहुँदा होटल तथा मिठाई पसलको भान्सा हेरिसाध्य छैन। आगोमा पकाएर दैनिक रुपमा उपभोग गर्ने जेरी, समसा, मिठाई लगायतका पसलसमा झिँगा भन्किरहेका हुन्छन्।

पसलमा मूल्यसूची हुँदैन। हचुवाको भरमा व्यापारीले ग्रहकलाई मूल्य भनिरहेका हुन्छन्। ‘बढी मूल्य लिने व्यापारीको पसलमा ताला लाग्यो भन्ने सुनिन्छ,’ स्थानीय विद्यार्थी तोपराज ठकुरीले भने, ‘गाईघाट, कटारी लगायतका बजारमा प्रशासनले सामान्य अनुगमन मात्र गरिदिए पनि हुने थियो।’

यता, धमाधम दसँैको लागि उदयपुरका बजार भएर खोटाङका बजारसम्म सामान ढुवानी भइरहेको छ। यसरी ढुवानी हुने पेयपर्दाथ देखि चामल, दाल लगायतका उपभोक्त वस्तुबारे व्यापारी मात्र जानकार छन्।

यता, नापतौल विभागअन्तर्गत पर्ने ढक, तराजुसमेत ढुंगा र काठको समेत प्रयोग भइरहेको छन्। ‘चामल, दाल, दालमोड, भुजिया, चकलेट, बिस्कुट लगायत तौल गरेर बिक्री हुने वस्तुमा समेत उपभोक्ता ठगिने गरेका छन्,’ बसेरी बजारका एकबहादुर कार्कीले भने, ‘बजारमा अनुगमन टोली कटारी त आँउदैन किन बसेरी लगायतका साना बजारमा आउँछन्?’ नेपालको वर्तमान संविधानको धारा १६ देखि ४८ सम्म मौलिक अधिकारसम्बन्धी विभिन्न व्यवस्था छ। त्यहाँ बजार अनुगमनको जिल्लामा जिल्ला प्रशासन कार्यालयलाई दिएको छ।

सिडिओ बिदामा भएकाले अनुगमनमा ढिलाइ

गएको चैत्र महिनामा उदयपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी कालप्रसाद पराजुलीले बजार अनुमगनको जिम्मा सहायक प्रमुख जिल्ला अधिकारी प्रकाशजंग कार्कीलाई दिएको बताएका थिए। पछि कालिप्रसाद सरुवा भएर गएपछि झण्डै आधा महिना प्रकाशजंग कार्की निमित्त प्रमुख भएर बसे। तर, बजार भने कहिल्यै पसेनन्। ‘बजार अनुगमन गर्ने मेरै जिम्मा हो,’ कार्कीले पटकपटक कुराकानीमा भने, ‘बजारमा पहिलाको जस्तो व्यापारीले लापरबाही गर्ने गरेको देखेको छैन।

अहिले भर्खरै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले अहिले सहायक प्रमुख जिल्ला अधिकारी कार्की बिदामा रहेकाले आएपछि बजार अनुगमन गर्ने बताए। ‘पहिलो सहायक सरलाई आउन दिनुपर्छ,’ प्रजिअ श्रेष्ठले भने, ‘उहाँ आएपछि बजार अनुगमन गर्न सुरु गर्नुपर्ने योजना छ।’ श्रेष्ठभन्दा अगाडि प्रजिअ पराजुलीले पनि सहायक प्रमुख जिल्ला अधिकारीलाई देखाउने गरेका थिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.