|

  • मिलन विश्वकर्मा-

पाल्पा : ‘बसे पनि सहर गाउँकै खाने रहर’भन्ने नाराका साथ सदरमुकाम तानसेनमा पैंचो पसल सञ्चालनमा आएको छ। सहरमा बसोबास गर्दै आएका उपभोक्ताहरु लाई गाउँघरको उत्पादन खुवाउने उद्देश्यले पैंचो पसल सञ्चालन गरेको पैंचो पसल सञ्चालन समितिका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए।

पसलको तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले सोमबार रिवन काटेर उद्घाटन गरेका हुन्। गुल्मीको वलेटक्सारमा मुख्य कार्यालय रहेको पैंचो पसल प्रालिले तानसेनको विशाल बजारमा नवौं शाखाको रुपमा पैंचो पसल सञ्चालन गरी कारोबार सुरु गरेको हो।

पसलले पैंचो फापरको पीठो, पैंचो कोदोको पीठो, परम्परामा सीमित सिन्की मस्यौरा, पैंचो अचार, पैंचो टोमेटो केचअप, पैंचो भेनेगर, पैंचो सोया सस, पैंचो जाम, विभिन्न प्रकारका जुसहरु, पैंचो होल कर्न कर्नल, पैंचो फापरको पिठो, पैंचो कोदोको पिठो, परम्परामा सीमित सिन्की मस्यौरा जस्ता उत्पादनहरु आफै उत्पादन गरी बजारमा ल्याएको प्रवन्ध निर्देशक ध्रुव न्यौपानेले जानकारी दिए। यस्तै फेन्सीका सामानहरुसँग अब किसानले आफुले उत्पादन  गरेका चिजवस्तु साट्न पाउने छ।

उनका अनुसार जुम्लाको सिमी र पहाडी जिल्लाका मकैको आटो (च्याँख्ला) खाद्य वस्तुहरु प्याकेजिङ, अचार, चुक, दाल लगायतका खाद्य वस्तुको परीक्षण उत्पादन गरी बुटवलमा बिक्री गर्दै आएको पैंचो पसलले गत वैशाखदेखि अत्याधुनिक प्रशोधन कारखानामार्फत २७ प्रकारका खाद्यवस्तु उत्पादन गर्दै आएको छ।

बेरोजगारीका कारण हरेक बर्ष लाखौंको संख्यामा विदेशीएका युवा मध्ये केहिलाई स्वरोजगार प्रदान गर्दै विदेशीने बाध्यताबाट रोक्न पैंचो सफल भएको पैंचोले अध्यक्ष भण्डारीले दावी गरे। पैंचोे पसलमा २ सय बढी युवाले रोजगारी पाएकाछन् उनले भने हजारौ किसानहरु पैंचोमा आवद्ध रहेका छन्।

अध्यक्ष भण्डारीले गाउँका किसानले आपूmले उत्पादन गरेको वस्तुहरुसँग आफूलाई आवश्यक पर्ने जुनसुकै सामग्री पनि साटासाट गर्न पाउने बताए। यसले वजारमा बसेकाहरुले गाउँको उत्पादन खान पाउने छन भने आवश्यक परेका बजारिया सामान गाउँका किसानहरुले आफूले उत्पादन गरेको वस्तुसँग साटेर लैजान पाउनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.