खेलकुद

आइटिएफ सिनियर च्याम्पियनसिप टेनिस पोखरामा सुरु
SHARES

भदौ २७, २०७४

    कास्की : कास्की जिल्ला टेनिस संघको आयोजनामा सोमबारदेखि पोखरामा एनआइसी एसिया बैंक नेपाल आइटिएफ सिनियर च्याम्पियनसिप टेनिस प्रतियोगिता सुरु भएको छ। युवा तथा खेलकुद मन्त्री राजन केसीले एक समारोहबीच प्रतियोगिताको उद्घाटन गरे। टुर्नामेन्ट डाइरेक्टर अजय विष्टलाई बल हस्तान्तरण गर्दै मन्त्री केसीले प्रतियोगिताको उद्घाटन गरेका थिए।

    प्रतियोगिताको उद्घाटन खेलमा ३५ वर्षमाथि एकलमा पोखराका गोपीबहादुर भट्टराईले पोखराकै मुनेष थापालाई ६-०, ६-१ को सहज सेटमा पराजित गरे। ३५ वर्ष माथिकै एकलका अन्य खेलहरुमा सिमान्त गुरुङ्गले जन्मजय शम्शेर जबरालाई ६-१, ६-२ ले, टिम मण्डिखाटारका राजु श्रेष्ठले पोखराका सूर्य भुजेललाई ६-०,६-० मा, निमा लामा शेर्पाले भारतका राजेश सोधीलाई ६-०, ६-३ मा, भारतका कमलेश शुक्लाले नेपालका गिताराज शर्मा चालिसेलाई ६-१,६-० ले र भारतकै आशिष परमारले नेपालका हेमराज ढकाललाई ६-३, ६-४ ले पराजित गरे।

    ४५ वर्ष माथिको एकलमा भारतका चन्द्रभुषणले नेपालका उत्तम बोगटीलाई ६-४, ६-० ले, पोखराका राजेन्द्र प्रसाद घिमिरेले बच्चु गोपाल बंशिलाई ७-६, ७-६ ले, नारायण पहारीले जंबु शेर्पालाई ६-१, ६-४ ले, मनोज विक्रम शाहले विनोद कायस्थलाई ६-४, ६-० ले, भारतका विजय कुमारले नेपालका विभु कायस्थलाई ६-३, ६-१ ले, काठमाण्डौका राजु श्रेष्ठले पोखराका पदम बहादुर गुरुङ्गलाई ६-२, ६-० ले, विकाश गुरुङ्गले लोक गुरुङ्गलाई ६-४, ६-४ ले, बिमलकुमार गुरुङ्गले भारतका हतिन्द्र पन्वारलाई ६-३, ६-० ले, आशिष सिग्देलले हर्विन्द्रसिंह चड्डालाई ६-०, ६-१ ले पराजित गरेका छन्।

    आइटिएफ सर्किट १ का खेलहरु सेप्टेम्बर ११ देखि १६ सम्म तथा सर्किट २ को खेलहरु सेप्टेम्बर १८ देखि २३ सम्म पोखरा रंगशालामा संचालन हुनेछन्। प्रतियोगितामा नेपाल, भारत र फिन्ल्याण्डका गरि ७१ खेलाडीहरुको सहभागिता रहेको छ। उनीहरुले ३५,४५ र ५५ वर्ष माथिको एकल तथा डबल्स स्पर्धामा भाग लिनेछन्। विजेता खेलाडीहरुले आइटिएफ सर्किटमा नम्बर जोड्नुका साथै ट्रफी पुरस्कार प्राप्त गर्नेछन्।

    प्रतियोगिता उद्घाटन गर्दै मन्त्री केसीले सुन्दर शहर पोखरा अब टेनिस शहरको नामबाट पनि चिनिने बताए। पोखराले छोटो समयमै टेनिसमा उल्लेख्य प्रगति हाँसिल गरेको भन्दै मन्त्रि केसिले पोखरा रंगशालाभित्रको टेनिस कम्प्लेक्समा थप दुई टेनिस कोर्ट निर्माणका लागि मन्त्रालयले पनि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे।

    उद्घाटन समारोहमा नेपाल टेनिस संघका अध्यक्ष ज्योती राणाले राजधानिमा आयोजित जुनियर लेवलको आइटिएफमा नेपाली खेलाडीहरुले उत्कृष्ट नतिजा दिएको जनाउँदै यसपटक पनि नेपाली खेलाडीहरुले उत्कृष्ट नतिजा दिने आशा व्यक्त गरिन्। कास्की जिल्ला टेनिस संघका अध्यक्ष विनोद कायस्थले जिल्ला तथा केन्द्रकै प्रयासमा प्रतियोगिता पोखरामा आयोजना गर्न सकिएको उल्लेख गरे। संघ कास्कीका सचिव लोक गुरुङ्गले कार्यक्रम सञ्चालन गरेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]