रुकुम : रुकुममा थप अर्को यातायात सञ्चालनमा आएको छ। यसअघि नै ४ ओटा यातायात समिति सञ्चालनमा रहेकोमा मध्यपहाडी लोक मार्ग यातायात प्रालिले पनि आफ्नो सेवा सञ्चालन गरेको हो। योसँगै रुकुममा यातायात समितिको संख्या ५ पुगेको छ।
यात्रुमैत्री गुणस्तरीय यातायात सेवा दिने उदेश्यले प्रालि सञ्चालनमा ल्याईएको प्रालिका अध्यक्ष राजेन्द्रकुमार गिरीले बताए। रुकुम सदरमुकाम मुसीकोटमा प्रधान कार्यालय रही देशभरी नै गुणस्तरीय यातायात सेवा संचालन गर्ने लक्ष लिइएकोमा हाललाई रुकुम काठमाडौं, रुकुम नेपालगञ्ज र रुकुम दाङका लागि गाडी सञ्चालन गर्ने अध्यक्ष गिरीले जानकारी दिए।
नयाँ यातायात समिति संचालनमा आएसगै दशैतिहारको बेला भिडभाडका साथ यात्रा गर्नुपर्ने रुकुमेलीहरुको बाध्यता केहि हड्ने देखिएको छ। हाल राजधानी काठमाण्डौ र दाङबाट दैनिक ५ वटा गाडी छुट्ने गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।