|

रुकुम : रुकुमको बाँफिकोट गाउँपालिका-४ मा रहेको बाँफिकोटको कोटगाँउमा वर्षौंको मिहिनेतपछि सिँचाइ र खानेपानी सञ्चालनमा आएको छ। खानेपानी सञ्चालनमा आएसँगै पानीका लागि हरेक दिन बिहान–बेलुका घण्टौं सम्म पालो कुर्नुपर्ने समस्या अन्त्य भएको छ।

एकाएक घर आँगनमै सिँचाइ र खानेपानी पुगेपछि हाल कोटबासी खुसी भएका छन्। वषौंपछिको लामो कसरतमा करिब २ सय ५० भन्दा बढी घरधुरीलाई धान्ने गरी बाँफिकोटको कोट डाँडामा सिँचाइ र खानेपानी पुगेसँगै खुसियाली छाएको स्थानीय सरिता बिक बताउँछिन्।

उनका अनुसार घर आँगनमै सिँचाइ र खानेपानी पुग्दा बाँफिकोटबासीले विगतमा भोग्दै आइरहेको समस्या अन्त्य भएको छ त्यसका साथसाथै नयाँ नयाँ सम्भावना पनि देखिएको छ।

‘पानीको अभाबका कारण वषौंसम्म सोचेअनुसारको खेतीकिसान गर्न नपाएका स्थानीयहरुले अब बेमौसकी तरकारी समेत खेती सजिलो भएको छ’ उनले भनिन, ‘वर्षौंदेखी नै खानेपानीको चरम अभाव झेलिरहेका बाँफिकोटबासीले अहिले जतिखेतर पनि नहाउन, लत्ताकपडा धुन र शौचालयको लागि समेत प्रयाप्त रुपमा प्रयोग गर्न पाएका छन।’ जसले गर्दा वर्षेनी खानेपानी र सिंचाई समस्याले पिरोलीरहेका बाँफिकोटी जनताहरुको सपना पुरा भएको छ।

२४सै घण्टा प्रयाप्त मात्रामा सबैलाई पुग्ने गरी घर आँगनमै पानी आउँदा स्थानीयबासी र यहाँका कार्यालयलाई समेत सजिलो भएको छ। बर्षेणी सरकारलाई आफ्नो गाउँको खानेपानीको लागि ध्यान दिएर भनेर गुणासो गर्ने स्थानीयहरु अहिले हर्षित भएको वडा नं ४ का वडा सचिव ज्ञानबहादुर खड्का बताउछन्।

सिँचाइ सब भिडिजन कार्यालय रुकुमको साढे ५ करोड रुपैयाँको लागतमा काला खोला दोमई सिंचाई जलउपभोक्ता संस्थाले गत कार्तिकबाट काम सुरु गरेर बाँफिकोट डाँडामा केहीदिन अघि मात्र पानी पुर्‍याएको हो। खानेपानीको हाहाकार मानिएको यो गाँउमा साढे ६ किलोमिटर दुरी टाढाको मुहानबाट सिंचाईका लागिसमेत पुग्ने गरी पानी पुर्याइएको समितिका अध्यक्ष बिनोद शाहले बताउछन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.