काठमाडौं : पपगायक कमल के क्षेत्रीले आफ्नो नयाँ गीत 'कोदाकोला' सार्वजनिक गरेका छन्। उनको आफ्नै संगीतमा तयार भएको यस गीतको शब्द तुलराम थापाले लेखेका हुन्।
विजेश्वर राज तन्डुकरले एरेन्ज गरेको गीतलाई राजेश्वर राज तन्डुकरले रेकर्ड गरेका हुन्।
गीतको भिडियोलाई सुब्रत राज आचार्यले निर्देशन गरेका छन्। जय शर्मा भिडियोका सहायक निर्देशक हुन्। त्यस्तै अनिल के मानन्धरले छायाँकन तथा सिलान लम्सालले सम्पादन गरेका छन्। यस गीतको भिडियोमा क्रिस्ट्रिना थापा, रवि आरएन र प्रकाश बस्नेतको अभिनय छ। नृत्य निर्देशन गम्भीर विष्ट 'स्पेशल' ले गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।