अमेरिकामाथिको हमलाका १६ वर्ष

|

एजेन्सी : अमेरिकाको स्थानीय समयअनुसार आज सेप्टेम्बर ११ अर्थात् कालो दिन। १६ वर्षअघि अमेरिकामाथि अल-कायदाद्वारा आजकै दिन आत्मघाती आक्रमण भएको थियो।

सेप्टेम्बर ११ का दिन बिहानै अल कायदाका १९ आतंकवादीले ४ वटा विमान अपहरण गरेका थिए। अपहरणकर्ताहरूले ४ मध्ये दुई वटा विमान वर्ल्ड ट्रेड सेन्टरमा, १ विमान पेन्टागनमा ठोक्काइएको थियो भने अर्को एक विमान ह्वाइट हाउसमा ठोक्काउने प्रयास गर्दा बाटोमा नै खसेको थियो।  यसक्रममा, विमान सवार सबै मानिस र ती भवनमा काम गर्ने अन्य मानिस मारिएका थिए।

9/11 imagesयी आक्रमणमा २ हजार ९ सय ९६ जनाको मृत्यु भएको थियो भने २४ मानिस अझै पनि बेपत्ता रहेको बताइँदै आएको छ। ९/११ को उक्त आक्रमण अमेरिकी इतिहासमा सबैभन्दा भयानक र सबैभन्दा धेरै मानिसको मृत्यु भएको आतंकवादी आक्रमण हो।

यस्ता तथ्यका साथै उक्त आक्रमणअघि र पछि पनि विभिन्न कारण सेप्टेम्बर ११ चर्चामा रहँदै आएको छ। आक्रमणअघि प्राप्त सूचनाहरूलाई वेवास्ता गर्दा आक्रमण भएको भन्ने पनि गरिएको छ भने आक्रमणपछि पनि थूप्रै रहस्यहरू सार्वजनिक गरिएको थियो।

सेप्टेम्बर ११ आक्रमणबारेका २२ तथ्य यस्ता छन्ः

- ९/११ आक्रमणभन्दा पहिले ट्विन टावरमा दैनिक ५० हजार भन्दा बढी कर्मचारीले काम गर्दै आएका थिए। 

 - आक्रमणपछि भग्नावशेषबाट १८ जनालाई जिवितै उद्दार गरिएको थियो। 

 - वर्ल्ड ट्रेड सेन्टरको भग्नावशेषबाट १९ हजार ४ सय ३५ मानिसको शरीरका टुक्रा निकालिएको थियो भने १.४ मिलियन टन भग्नावशेष निकालिएको थियो। 

 - ९/११ को आक्रमणको एक महिना अगाडि नै तत्कालिन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले ओसामा बिन लादेनले अमेरिकामा आक्रमण गर्ने योजना बनाइरहेको सूचना एक मेमोमा गरेका थिए। उक्त मेमोमा उनले लादेनले प्लेन अपहरण गरेर उक्त आक्रमण गर्न सक्ने र मुख्य स्थान न्युयोर्क भएको समेत उल्लेख गरेका थिए। 

- सोही वर्षको अगस्टमा अभिनेता जेम्स वुडले आफ्नो विमान यात्राका क्रममा ४ जना शंकास्पद व्यक्तिहरू देखेको बताएका थिए। तर, सुरक्षा अधिकारीहरूले उनको उक्त कुरालाई वेवास्ता गरे। तीनै ४ जना ९/११ मा विमान अपहरण गर्ने व्यक्ति रहेको तथ्य पत्ता लागेको थियो।

 - ९/११ घटनामा विमान अपहरण गर्ने ५ जना अपहरणकारी आक्रमणको केही दिन अगाडि अमेरिकी जासुसी संस्थाको अगाडि रहेको एक मोटेलमा बसेका थिए।

 - अल-कायदले सुरुवातमा अमेरिकाको न्युक्लियर पावर प्लान्टमा आक्रमण गर्ने योजना बनाएको थियो तर, स्थिति नियन्त्रणभन्दा बाहिर जान सक्ने भयका कारण योजना परिवर्तन गरेको थियो।

 - न्युयोर्क टाइम्सले ९/११ का प्रत्येक पीडितसँग छुट्टाछुट्टै समाचार सामग्री तयार गरेको थियो।

 - ९/११ को आक्रमणपछि केन्याले आफ्नो देशको १४ वटा महत्वपूर्ण जनावर अमेरिकालाई सहयोगस्वरुप प्रदान गरेको थियो।  

- ट्विन टावर ध्वस्त हुँदा सो वरपरको ६.५ हेक्टर जग्गा तथा भवनहरूमा प्रत्यक्ष रुपमा क्षति पुगेको थियो। 

- ९/११ मा वर्ल्ड ट्रेड सेन्टरमा भएको आक्रमण पहिलो भने थिएन। यसअघि सन् १९९३ फ्रेबुअरीमा बम आक्रमण भएको थियो जसमा ६ जना मारिएका थिए। 

- सन् २००६ मा रुसले अमेरिकालाई ९/११ को सम्झनास्वरूप एक चिनो प्रदान गरेको थियो, जसलाई बायोन्नेमा राखिएको छ। 

 - वर्ल्ड ट्रेड सेन्टरको स्वामित्व रहेको कम्पनीले आक्रमण भएकै दिनका लागि आंतककारी आक्रमण भएको अवस्थामा के गर्ने भन्ने विषयमा बैठकको आयोजना गरेको थियो। तर, एक जना उपस्थित नहुने भएपछि बैठक अघिल्लो दिन बेलुका स्थगित गरिएको थियो।

 - इजरायलमा वर्ल्ड ट्रेड सेन्टरबाट निस्किएको स्टिलबाट ९/११ को सम्झनास्वरुप एउटा स्तम्भ तयार गरिएको छ। 

 - सन् २००२ मा ९/११ को आक्रमणबाट प्रेरित भएर १५ वर्षीय एक किशोरले फ्लोरिडामा विमान चोरेर उडाउन खोज्दा एक भवनमा ठोक्किएको थियो र ती किशोरको मृत्यु भएको थियो। 

- ९/११ को आक्रमणपछि जिरो ग्राउण्डमा भएको टक्सिनका कारण करिब १ हजार १ सय मानिसलाई क्यान्सर भएको थियो।

- ९/११ आक्रमणपछि नजिकैको समुन्द्रबाट अन्य स्थानमा जानेको संख्या अत्याधिक भएको थियो। उक्त क्रममा ५ लाख मानिस ९ घण्टाभित्र समुन्द्र हुँदै बाहिरिएका थिए।

- ९/११ को घटनामा ३ हजार ५१ बालबालिकाले आफ्ना अभिभावक गुमाएका थिए। यस्तै, १७ महिला जसका श्रीमानको उक्त घटनाको मृत्यु भएको थियो, उनीहरूले आफ्नो सन्तानलाई आक्रमणका क्रममा नै जन्म दिएका थिए। 

 - आक्रमणको ९ महिनापछि न्युयोर्कमा सन् २००० को सोही समयको तुलनामा २० प्रतिशत बच्चा जन्मिएका थिए। 

- विभिन्न अध्ययन अनुसार आक्रमणपछिको हप्तामा म्यानहटनमा २५ प्रतिशतले रक्सीको सेवन गर्नेको संख्या बृद्धी भएको थियो भने १० प्रतिशतले चुरोट, ३.२ प्रतिशतले गाँजाको प्रयोग बढेको थियो भने चर्च वा अन्य धार्मिक स्थानमा जानेको संख्या २० प्रतिशतले बृद्धी भएको थियो। 

- आक्रमणको दिनमा रोसेल्ले नामक एक कुकुरले ७८ तलामा रहेका आफ्ना अन्धा मालिक माइकल हिंगसनसहित अन्य थुप्रै व्यक्तिलाई तलसम्म ल्याएर माइकलको साथीको घरसम्म पुर्‍याएको थियो। पछि यस कुकुरलाई अमेरिकाले 'हिरो डग' घोषणा भयो। सन् २०११ मा यस कुकुरको निधनपछि उसको संझनामा हिंगसनले लेखेको 'थन्डर डग' पुस्तक अमेरिकाको वेस्ट सेलर बनेको थियो।  

  - ९/११ को आक्रमणबाट लागेको आगो पूर्ण रुपमा निभाउनका लागि आगो नियन्त्रकहरूलाई १ सय दिन लागेको थियो।  (एजेन्सीको सहयोगमा)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.