|

काठमाडौँः निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै व्यवस्थापिका संसद्का उपसभामुख गंगाप्रसाद यादव र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेशराज दाहाललाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।

आयोगले उपसभामुख यादवलाई प्रदेश नम्बर २ मा सञ्चालन भइरहेको तेस्रो चरण निर्वाचनका क्रममा सप्तरी जिल्लाको निर्वाचनको प्रचार प्रसारमा उनले निर्वाचन आचारसंहिता विपरीत भारतीय नम्बर प्लेटका गाडीहरू प्रयोग गरेको सूचना आयोगमा प्राप्त हुन आएको र व्यवस्थापिका संसदको उपसभामुख पदमा आसिन व्यक्तिले यसरी आचारसंहिताविपरीत चुनाव प्रचार प्रसार गरेवापत उनलाई कारवाही हुनुपर्ने हो/होइन ? भन्दै २४ घण्टाभित्र आयोग समक्ष स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।

त्यसैगरी, आयोगले नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेशराज दाहाललाई २०७४ भदौ २६ गते नेपाली कांग्रेसले ललितपुरमा आयोजना गरेको राजनीतिक कार्यक्रममा उपस्थित रहेको सूचना आयोगमा प्राप्त हुन आएको र नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष पदमा रहेको पदाधिकारी कुनै दलविशेषले आयोजना गरेको राजनीतिक कार्यक्रममा संलग्न हुने कार्य निर्वाचन आचारसंहिताविपरीतको कार्य भएकाले निर्वाचन आचारसंहित उल्लंघन गरेवापत कारबाही गर्नुपर्ने हो/होइन ? भन्दै २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

हेर्नुहोस् विज्ञप्ति

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.