|

काठमाडौँ: नेपाली कांग्रेसले ६ वटा स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने पार्टी कार्यकर्तालाई कारवाही गर्ने भएको छ।

कांग्रेस केन्द्रीय अनुशासन समितिको मंगलबार बसेको बैठकले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध असहयोग र अन्तर्घात गरेको भनी मंगलबारसम्म पार्टी केन्द्रीय कार्यालयमा प्राप्त उजुरीमा आरोपित व्यक्तिसँग स्पस्टीकरण माग गरिएको हो। समितिले असहयोग र अन्तर्घात गर्ने कुनैं सदस्यका विरुद्ध उजुरी पेस गर्ने समय असोज १० गतेसम्म थप गरेको छ।

समितिका संयोजक रमेश रिजालको अध्यक्षतामा पार्टी केन्द्रीयकार्यालय ललितपुरमा बसेको बैठकले समितिको कार्यविधि, २०७० लाई संशोधनसहित पारित गरेको छ। केन्द्रीय अनुशासन समितिको सचिव पदमा केन्द्रीय कार्यालयका सचिव अधिवक्ता केशव रिजाललाई मंगलबार नै नियुक्त गरिएको छ।

पार्टीका कुनै सदस्यले पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध असहयोग र अन्तर्घात गरेको सम्बन्धमा केन्द्रीय कार्यालयमा हालसम्म एक सय बढी उजुरी परेको मुख्य सचिव पौडेलले जानकारी दिए। उनले पार्टीको जिल्ला कार्यसमिति समक्ष पठाइएका उजुरीहरू पनि १० असोजभित्रै केन्द्रीय कार्यालयमा पठाउन भनिएको छ।

स्थानीय तहको तेस्रो चरणअन्तर्गत असोज २ गते हुने २ नम्बर प्रदेशको चुनावमा उम्मेदवारी दर्ता गरेदेखि नै पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध लाग्ने पार्टी सदस्यलाई सम्बन्धित जिल्ला कार्यसमितिले निलम्बन गरी अनुशासनको कारवाहीको लागि लेखी पठाएका छन्। रौतहटमा मात्र एक दर्जन बढी महाधिवेशन र महासमिति सदस्यलाई पार्टीको जिल्ला समितिले कारवाही गरिसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.