|

बैतडीः भारतमा सडक मजदुरका रूपमा कार्यरत एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडीको सुर्नया गाउँपालिका– ६ शंकरपुरका २४ वर्षका रामदत्त अवस्थी रहेका छन्।

सोमबार बेलुकी भारतको उत्तराखण्डको धारचुला नजिक बालुवाकोटमा सडकमा काम गरिरहेका बेला माथिबाट ढुंगा खसेर घटनास्थलमै उनको ज्यान गएको मृतकका आफन्त महेश भट्टले जानकारी दिए।

मृतकको शव धारचुलास्थित एक अस्पतालमा परीक्षणपछि आफन्तलाई बुझाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.