|

काठमाडौं : सर्वोच्च अदालतले प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय कानुनसम्मत भएको ठहर गरेको छ।

डीआइजी नवराज सिलवालले आफू वरिष्ठतम भएकोले महानिरीक्षक नियुक्ति कानुनसम्मत नभएको भनी दायर रिटमा मंगलबार सर्वोच्चले यस्तो आदेश दिएको हो। सर्वोच्चले दाबी नपुगेको भन्दै डीआइजी सिलवालको रिट खारेज गरिदिएको छ।

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीसहित न्यायाधीशहरू ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले रिट खारेज गरेको हो।

चार वर्षको कार्यसम्पादन मूल्यांकनमा डीआइजी प्रकाश अर्याल नै अग्रस्थानमा रहेकोभन्दै सर्वोच्चले उनको नियुक्तिलाई कानुनसम्मत भनेको हो।

सर्वोच्चको यो आदेशसँग यसअघि तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले पहिलो नम्बरका डीआइजी सिलवाल रहेको भनी गरेको आदेशसमेत बदर भएको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.