|

काठमाडौं : फिल्म २ रुपैयाँले अहिले राम्रो व्यापार गरिरहेको छ। फिल्म सफल भइरहदाँ अर्को खुसीको खबरका कारण निर्माण युनिट उत्साहित छ। 

२ दिनअघिमात्रै 'वडा नम्बर ६' को ‘सुर्के थैली’ बोलको गितको भिडियोलाई उछिनेर यू–ट्यूबमा सर्वाधिक हेरिने नेपाली म्युजिक भिडियोको किर्तिमान राखेको यस फिल्मको ‘कुटुमा कुटु’ बोलको गीतले मंगलबार २ करोड २५ लाखभन्दा धेरै भ्युज कटाएको छ। 

नेपाली म्युजिक भिडियोको इतिहासमा कुनै पनि गीत यू–ट्युबमा २ करोड २५ लाखभन्दा धेरै पटक हेरिएको यो पहिलो अवसर हो। समाचार तयार पार्दासम्म यो गीत २ करोड २५ लाख ३६ हजार ६ सय ७० पटक हेरिएको छ।

यस गीतको शब्द र संगीत राजनराज शिवाकोटीले तयार पारेका हुन्। यसअघि 'वडा नम्बर ६' को 'सुर्के थैली' बोलको गीतको शब्द संगीत पनि उनले नै तयार गरेका थिए। 'कुटुमा कुटु' पछि दोस्रो स्थानमा रहेको उक्त गीतलाई यू–ट्यूबमा २ करोड १८ लाखभन्दा धेरैपटक हेरिएको छ। 

'कुटुमा कुटु' बोलको गीतमा संगीतकार शिवाकोटीसँगै मेलिना राई र राजन इशानले स्वर भरेका छन्। यस गीतका म्युजिक एरेन्जर राजन इशान हुन्। गीतको भिडियोमा स्वस्तिमा खड्का, निश्चल बस्नेत, आसिफ शाह, बुद्धि तामाङ लगायतको अभिनय छ। कविराज गहतराजको नृत्य निर्देशन रहेको यस गीतको भिडियोलाई शिव कुमार श्रेष्ठले खिचेका हुन्।  यस गीतका दृश्य सम्पादक लोकेश बज्राचार्य रहेका छन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.