|
Photo: Goal.com

काठमाडौं : गत सिजन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा युभेन्टसँग समग्रमा ३-० ले पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएको बार्सिलोनाले यस सिजनको सुरुवाती खेलमा नै बदला लिएको छ।

घरेलु मैदानमा गएराति भएको खेलमा बार्सिलोना ३-० ले विजयी भयो। बार्साको जितमा लियोनल मेसीले २ तथा इभान र्‍याकिटिकले १ गोल गरे। पहिलो हाफको इन्जुरी समयमा मेसीको गोलबाट लिएको अग्रता ५६औं मिनेटमा र्‍याकिटिकले दोब्बर पारे। मेसीले डिबक्समा उपलब्ध गराएको महत्वपूर्ण पासमा विपक्षी खेलाडीको खराब क्लियरेन्सको फाइदा उठाउँदै र्‍याकिटिकले बललाई जाली चुमाएका थिए।

त्यसपछि ६९औं मिनेटमा मेसीले दोस्रो गोल गर्दा युभेन्टससामु बार्सिलोनाको गतसिजनको बदला पूरा भयो। सुरुवाती केही मिनेट आक्रामक खेल खेलेको युभेन्टसले प्राप्त केही मौकालाई सदुपयोग गर्न सकेन।

बार्सिलोना र युभेन्टस समूह डीमा छन्। सोही समूहको अर्को खेलमा स्पोर्टिङले ओलम्पियाकोसलाई १-० ले हराएको छ।

बाँकी खेलमा को-को विजयी?

Source : livescore.com

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.