समाज

नारायणगढ–मुग्लिन सडक आजदेखि चौबिसै घण्टा खुला
SHARES

भदौ २८, २०७४

    चितवन : राति बन्द गरिँदै आएको नारायणगढ मुग्लिन सडक बुधबारदेखि चौबिसै घण्टा खुला गरिएको छ। ठूला चाडपर्वलाई लक्षित गर्दै सडक खुला गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए। 

    राति ८ देखि १२ बजेसम्म सवारीको बढी चाप हुने भएकाले मालबाहक ठूला सवारीसाधनले भने प्रवेश पाउने छैनन्। यात्रुबाहक सवारीलाई सहज बनाउने यस्तो गरिएको पन्तले बताए। पहिरोको उच्च जोखिम भएपछि गएको असार २५ देखि नारायणगढ–मुग्लिन सडक रातिको समयमा बन्द गरिँदै आएको थियो। 

    चाडपर्वमा यात्रा असहज नहोस् भनेर खाल्डाखुल्डी पुरेर सवारी आवागमन सहज पारिने नारायणगढ– मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिए। गत दुई वर्षदेखि उक्त सडक चौडा पार्ने काम चलिरहेको छ। ६ वटा कम्पनीले तीन वटा ब्लक छुट्याएर काम गरिरहेका छन्। 

    म्याद सकिँदासमेत काम पूरा नभएका कारण सडक निर्माणमा पटकपटक म्याद थपिँदै आएको छ। अहिलेसम्म करिब ५४ प्रतिशत मात्रै काम सम्पन्न भएको निर्माण छ। यहाँ दैनिक १० हजारभन्दा बढी गाडी गुड्छन्। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]