|

धनकुटा : भीमनारायण श्रेष्ठ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपअन्तर्गत बुधबार विर्ता युनाइटेड क्लब झापा र गोधुली क्लब सुनसरीबीच प्रतिस्पर्धा हुँदैछ।

धनकुटाको तल्लो टुँडिखेलमा मंगलबार सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा बेलबारी फुटबल क्लबले विजय सुरुवात गरेको छ। घरेलु टोली धनकुटा ११ लाई एक विरुद्ध ४ गोल गरेर बेलबारी विजयी भएको हो।  

भदौ ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले गोल्डकपसहित नगद एक लाख रुपैयाँ र उपविजेताले नगद ५० हजार रुपैयाँ पाउने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए। 

कांग्रेसका नेता भीमनारायण श्रेष्ठको नाममा २०५५ मा स्थापित प्रतियोगिता २०६३ यता नियमित हुँदै आएको छ।  विराटनगरमा तत्कालीन राजा वीरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरी २०३५ सालमा पञ्चायती सरकारले श्रेष्ठलाई गोली हानी हत्या गरेको थियो। सरकारले श्रेष्ठलाई करिब एक वर्षअधि मात्रै शहीद घोषणा गरेको हो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.