|

जनकपुरधाम :  अंग्रेजीमा नबोलेको भन्दै भानुचोकस्थित एक निजी विद्यालयका प्रिन्सिपलले आफ्ना विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन्। अंग्रेजी माध्यमको मिथिला मन्टेश्वरी इंग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल अश्वेश्वर महासेठले कक्षा १० का छात्र विशालकुमार गुप्तालाई पिटेका हुन्। 

सोमवार खाजाको समयमा स्कुल प्राङ्गणमा बसी नेपाली र मैथिली भाषामा कुराकानी गरेको सुनेर प्रिन्सिपलले कार्यकक्षमा लगेर निर्घात कुटपिट गरेको पीडित छात्र विशालले बताए। ' बाहिर नेपाली र मैथिली बोल्दैमा कुटनुपर्ने त होइन', विशालले भने, उहाँँले मलाई करिब एक घण्टासम्म कोठामा राखेर मानसिक र शारीरिक यातना दिनुभयो।’

प्रिन्सिपल महासेठको कुटाइका कारण उनको कान, घाँटी, र पिठ्यँमा निलडाम तथा छाला चिथोरिएको स्पष्ट देखिन्छ। कुटाइका कारण दाँत समेत हल्लिएको विशालका मामा सञ्जित गुप्ताले बताए। 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रविण धितालले बालकको उजुरीअनुसार कारबाही अघि बढाएको जानकारी दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.