|

राजविराज : असोज २ गते हुन लागेको स्थानीय निर्वाचनलाई लक्षित गरी सप्तरीमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सदरमुकाम राजविराजसहित मुख्य सडक तथा नाका र नेपाल–भारतीय सिमानाअन्तर्गत विभिन्न ठाउँमा जाँच गरी सुरक्षा व्यवस्था कडा बनाएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए। 

सम्बन्धित मतदान केन्द्रमा समेत प्रहरी टोली पठाइसकेको जानकारी दिँदै उपरीक्षक  सिंहले कुनै घटना हुन नदिन विशेष तालिमप्राप्त कुकुरसहित सुरक्षाकर्मी परिचालन गरिएको बताए। शान्तिपूर्ण र धाँधलीरहित निर्वाचन सम्पन्न गराउन जिल्लामा करिब चार हजार प्रहरी र दुई हजार सशस्त्र प्रहरी परिचालन गरिएको प्रहरी उनले जानकारी दिए। 

जिल्लामा १८ वटै स्थानीय तहमा करिब दुई सय ९५  मतदानस्थल छन् जसमध्ये दुई सय सात अतिसंवेदनशील र ८८ संवेदनशील रहेको बताइएको छ। स्वच्छ, निष्पक्ष र भयरहित रूपमा निर्वाचन सम्पन्न गर्ने उद्देश्यका साथ जिल्लामा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।

सप्तरीमा तीनलाख ३१ हजार ७९ मतदाता रहेकोमा एकलाख ७० हजार ८८८ पुरुष र एक लाख ६० हजार ७७० महिला तथा २१ जना तेस्रोलिंगी  छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.