|

काभ्रेपलाञ्चोक : लागुऔषध ओसारपसारमा संलग्न तीन जनालाई प्रहरीले मंलगबार पक्राउ गरेको छ। लागुऔषध चरेस दुई किलोसहित प्रहरीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१४ साँगाबाट मंगलबार बिहान दुई जनालाई पक्राउ गरेको हो। अरू एकजनालाई आवश्यक अनुसन्धानको क्रममा काठमडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरी चौकी साँगाबाट खटिइ गएको प्रहरी टोलीले साँगामा भेटिएका दुई जनालाई आशंका लागेर आवश्यक सोधपुछ गर्ने क्रममा दुई किलो चरेस फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सहकुल बहादुर थापाले बताए। ‘प्रहरी चौकी साँगाका प्रहरी सहायक निरीक्षक सानुबाबु बानियाँको कमाण्डमा गएको प्रहरी टोलीले आशंका लागेर सोधपुछ गर्दा दुई किलो लागुऔषध चरेससहित साँगाबाट दुईजनालाई पक्राउ गरेको हो।’

प्रहरी प्रमुख थापाले भने। उनका अनुसार पक्राउ पर्नेमा चितवन जिल्ला मंगलपुर–२ बस्ने वर्ष ५२ को दीपक लामा र काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका–१० बस्ने वर्ष ४८ को कान्छा सार्की रहेका छन्।

प्रहरीका अनुसार ती दुई जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान गर्दा काठमाडौं जिल्ला माछापोखरीबाट थप एक जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा सोलुखुम्बु जिल्ला भक१जे गाविस–६ घर भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका–१ सितापाईला बस्ने वर्ष ३१ को ज्ञानबहादुर बस्नेत रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई लागुऔषध ऐनअन्तर्गत मुद्धा चलाइने जिल्ला प्रहरी प्रमुख थापाले जानकारी दिए। साथै अरु थप अनुसन्धान भईरहेको समेत थापाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.