|

काठमाडौं : एसीसी यू-१९ पूर्व क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले भुटानलाई ९ विकेटले पराजित गरेको छ। मलेसियाको किनरारा ओभलमा भुटानले दिएको ५१ रनको लक्ष्य नेपालले ८ ओभर ३ बलमा १ विकेट पूरा गर्‍यो।

नेपालको जितमा आशिफ शेखले अविजित २३ तथा सन्दीप सुनारले २१ रन जोडे। अनिल साह ४ रनमा अविजित रहे। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भुटान ५० रनमा समेटिएको थियो। भुटानलाई सस्तैमा समेट्ने क्रममा दीपेन्द्रसिंह ऐरीले ५, सन्दीप लामिछानेले ४ तथा नन्दन यादवले १ विकेट लिएका थिए।

पहिलो खेलमा थाइल्याण्डलाई २५५ रनले पराजित गरेको नेपालले सेमीफाइनलमा स्थान पक्का गरेको छ। समान ४ अंक जोडेका नेपाल र सिंगापुरबीचको खेलले समूह विजेताको टुंगो लाग्नेछ। नेपाल रहेको समूह एमा भुटानका अलावा थाइल्याण्ड र सिंगापुर छन्। समूह बीमा मलेसिया, चीन, हङकङ र म्यानमार छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.