|

रोल्पा : आगो लगाई ज्यानमार्ने प्रयासमा आरोपित एक व्यक्तिलाई रोल्पा प्रहरीले पक्राउ गरेको छ। रोल्पानगरपालिका ४ की ४३ वर्षीय पवित्रा घर्तीमगरलाई आगो लगाई मार्ने प्रयास गरेका रबिलाल घर्तीमगरलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। आफूलाई आगो लगाई मार्ने प्रयास गरेको भनी पवित्राले जाहेरी दिएको प्रहरीले बताएको छ।

४ वर्षअघि ज्यान मार्ने प्रयास गरेका घर्तीलाई प्रहरीले मंगलबारै ज्यान मार्ने उद्योगमा जिल्ला कारागार चलान गरिएको बताएको छ। प्रहरी निरीक्षक सुदर्शन पन्थीको नेतृत्वमा खटिएको टोलीले फरार भएका घर्तीलाई पक्राउ गरेको हो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.