|

चितवन : साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड चितवनले आफनो ५५औं स्थापना दिवसको अवसरमा गामबेसीको चेपाङ संरक्षण केन्द्रका बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ। वार्षिकोत्सवको अवसरमा गरिने फजुल खर्च कटौती गरी त्यो रकम चेपाङ बालबालिकाका लागि सहयोग गरिएको साल्ट ट्रेडिङ कर्पाेरेसन चितवन शाखाका प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिए।

कार्यालयमै बसेर कर्मचारी मिलेर खर्च गर्ने परम्पराबाट माथि उठेर गरीबका लगि भोजन भन्ने मान्यतालाई अगाडि सार्दै चेपाङ बालबालिकाका लागि खाद्यान्न सामाग्री प्रदान गरेको कार्यालयका प्रमुख बुद्धिविनोद दाहालले बताए। कार्यालयले गामबेसी चेपाङ संरक्षण केन्द्रमा रहेका १०२ बालबालिकाका लागि १५ दिनसम्म पुग्ने चामल, दाल, केराउ, आलु तरकारीलगायत खाद्य सामग्री र केही बालबालिकाका लागि झोला वितरण गरेको हो। 

केही दिनदेखि खाद्यान्न अभाव भएर समस्या भएका बेला खाद्यान्न सहयोगले बालबालिकालाई ठूलो राहात मिलेको संरक्षण केन्द्रका प्रमुख केपी किरण शर्माले बताए। आफूले निकै दुःख र कठिनाईका बाबजुत् पनि चेपाङ बालबालिकाको शिक्षा र पालन पोषणमा लागेको बताउँदै उनले अन्य निकायको पनि आवश्यक सहयोग गरी चेपाङ बालबालिकाको संरक्षणमा सहयोग गर्न आग्रह गरे।

विद्यालय शिक्षाबाट वञ्चित विभिन्न जिल्लाका चेपाङ बालबालिकालाई अहिले रत्ननगरमा राखेर पठनपाठान गराइँदै आएको छ। बालबालिकाहरुलाई विभिन्न व्यक्ति तथा संस्थाहरुको सहयोगमा संरक्षण केन्द्रले पालन पोषण र शिक्षा दिँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.