|

सुर्खेत : कर्णाली राजमार्गमा हुने ठूलाठूला दुर्घटनालाई न्यूनीकरणमा लागि ‘हाइवे गस्ती’ सञ्चालन गरिने भएको छ। कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडकमा ‘हाइवे गस्ती’ सञ्चालन गर्न लागिएको हो।

प्रदेश प्रहरी कार्यालय प्रदेश नंबर ६ सुर्खेतले सोमबार आफ्नै कार्यालयमा आयोजना गरेको एक पत्रकार सम्मेलनमा प्रदेश प्रहरी कार्यालय प्रदेश नंबर ६ का प्रहरी प्रमुख रणबहादुर चन्दले राजमार्गमा हुने दुर्घटनामा कमी ल्याउने र उक्त क्षेत्रमा हुने अपराधिक क्रियाकलाप रोक्नमा समेत सहयोग पुर्‍याउने गरी हाईवे गस्ती सञ्चालन गर्न लागिएको जानकारी दिए। यसका लागि एक छुट्टै टोली परिचालन हुने र यसका लागि ३ वटा सवारीमा प्रहरी सहितको विशेष टोली खटाईने चन्दको भनाइ छ।

प्रदेश नम्बर ६ को प्रमुख भएर नयाँ जिम्मेवारी पाएको भन्दै अवसरलाई अधिकतम प्रयोग गर्दै यस क्षेत्रका नागरिकलाई सुरक्षित अनुभुति बनाउनु नै आफ्नो लक्ष्य रहेको भन्दै प्रहरी प्रमुख चन्दले १४ बुदे कार्ययोजना अगाडि सारेका हुन्।

प्राथमिकतामा प्रहरी आचरण सुधार

प्रदेश प्रहरी प्रमुख रणबहादुर चन्दले पत्रकार सम्मेलनमा आफ्नो पहिलो प्राथमिकता भनेको आफ्ना कर्मचारीहरुको आचरण सुधार गर्नु भएको उल्लेख गरेका छन्। उनले भने, पहिले त हामि प्रहरी जनताको सेवाका लागि योग्य हुनुपर्‍यो, प्रहरीले जनतालाई प्रभावकारी सेवा दिन सक्छ भन्ने विश्वस्त तुल्याएर मात्रै हामि सेवा दिन्छौँ।

अधिकांश सेवाग्राहीको गुनासो हुन्छ, प्रहरीले सभ्य व्यवहार गरेन, उनले भने, जनताको गुनासोलाई सम्बोधन गर्न प्रथमत प्रहरी आचरण सुधार गर्नु जरुरी ठानेर प्रहरी आचरण सुधार नै हाम्रो प्राथमिकता हो। प्रदेश प्रहरी प्रमुख चन्दले हालसम्मको आफ्नो अनुभवका आधारमा अन्य प्रदेशको तुलनामा प्रदेश नंबर ६ मा शान्ति सुरक्षाको अवस्था सन्तोष जनक भएको देखिए पनि पछिल्लो केहि दिनमा सुर्खेत वीरेन्द्रनगरमा भएका हत्याका घटनाबाट शान्ति सुरक्षा कायमका विषयमा कसरी अघि बढ्न सकिन्छ भन्ने योजना निर्माणमा जुटेको सुनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.