स्थानीय निर्वाचन २०७४ : निर्वाचन खबर

महोत्तरीका स्थानीय तहको प्रमुखमा ५ जनामात्रै महिला उम्मेदवार
SHARES

भदौ २८, २०७४

    महोत्तरी : असोज २ गते हुने निर्वाचनमा महोत्तरी जिल्लाका १५ स्थानीय तहको प्रमुखका लागि २ सय ९ जनाले उम्मेदवारी दिँदा जम्मा ५ जनामात्रै महिला उम्मेदवार छन्। समानुपातिक समावेशिताको वकालत गर्ने प्रमुख दलहरुले नै प्रमुख पदहरुमा महिलालाई उम्मेदवार बनाएका छैनन्। संविधानले नै प्रमुख र उपप्रमुखमध्ये एक पदमा महिला अनिवार्य गरेकोमा दलहरुले महिलालाई उपप्रमुखमामात्रै सीमित गरेका छन्।

    नेकपा एमालेले महोत्तरीको १ गाउँपालिका प्रमुखमा महिलालाई उम्मेदवार बनाएको छ। नेपाली काङ्ग्रेस र माओवादी केन्द्रले भने महिलालाई प्रमुख पदमा उम्मेदवार बनाएको छैन। उपप्रमुख पदमै महिलाहरु सन्तुष्ट भएका कारण प्रमुख पदमा टिकट दिन पार्टी बाध्य नभएको माओवादी केन्द्र निर्वाचन समिति महोत्तरीका संयोजक राजु खड्का बताउँछन्।

    महोत्तरीमा संघीय समाजवादी फोरमबाट १, बहुजन शक्ति पार्टीबाट २, नेकपा एमाले बाट १ र स्वतन्त्र उम्मेदवार १ गरी ५ जना महिला मात्र प्रमुख पदमा उम्मेदवार बनेका छन्। पछिल्लो समय चुनाव खर्चिलो बन्दै गएका कारण आर्थिक स्थिति कमजोर भएका भएका महिला, दलित, जनजातिहरु हारिने डरले चुनावी मैदानमा आउन नसकेका एमालेकी महिला नेतृ दर्गा दाहालले बताउँछिन्।

    दलहरुले महिलालाई मात्र नभई दलित तथा जनजाति समुदायका उम्मेदवारलाई पनि पार्टीहरुले उचित स्थान नदिएको एमालेका एक नेता वेलबहादुर परियारले गरे। उनले भने 'मेयर तथा गाउँपालिका प्रमुखमा त परै जाओस वडा अध्यक्षमा समेत पार्टीले  टिकट दिन कन्जुस्याई गर्‍यो।' संविधानले दलित र जनजाति समुदायलाई दिएको आरक्षण पनि दलहरुले नदिएको उनले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]