|

एजेन्सी : शान्त मन लिएर घर वरपरका रुख–बिरुवा र फुलहरु हेर्दै हिंड्दा बैंकमा पर्याप्त ब्यालेन्स र अर्को दिनका लागि सुरक्षित जागिर समेत भयो भने कसलाई आनन्द आउँदैन। यस्तो अवस्थाको खोजी गर्नेहरुका लागि जर्मनी सबैभन्दा राम्रो देश हो। 

नयाँ अध्ययनले सन् २०१७ का सर्वाधिक कम तनाव भएका शहर र तनावग्रस्त शहरहरुको सूची सार्वजनिक गरेको छ। शहरको ट्राफिक स्तर, सार्वजनिक यातायत, हरियाली, अर्थतन्त्रको अवस्था र नागरिकहरुको बैंक खातामा रहेको मौज्दात रकम, शारिरीक तथा मानसिक स्वास्थ्य अवस्था, शहरमा प्रतिवर्ष देखिने सूर्यको प्रकाशको दरलाई समेत आधार मानेर यस्तो सूची तयार गरिएको हो।

यस सूचीमा रहेका कम तनावयुक्त १ सय ५० शहरमध्ये जर्मनीका ४ वटा शहर उत्कृष्ट १० भित्र परेका छन्। जर्मनीको दक्षिणी क्षेत्रस्थित स्टुटगार्ट शीर्ष स्थानमा छ। हानोभर तेस्रो र म्युनिख पाँचौ स्थानमा छन्। ह्यामवर्ग अस्ट्रियाको ग्राजसँगै संयुक्त रुपमा नवौं स्थानमा छ। 

६ लाखभन्दा कम जनसंख्या रहेको लक्जमवर्ग देशको शहर यस सूचीको दोस्रो स्थानमा छ। स्विचरल्यान्डको बेर्न चौथो, फ्रान्सको बोर्डियुक्स छैटौं, बेलायतको इडिनवर्ग सातौं, अस्ट्रेलियाको सिड्नी आठौंं स्थानमा छन्। 

बेलायतको ड्राई क्लिनिङ तथा लउन्ड्री सेवा प्रदायक कम्पनी जिपजेटले गरेको अध्ययनमा पूर्वाधार, प्रदुषणको मात्रा, आर्थिक अवस्था र नागरिकको स्वास्थ्य तथा पारिवारि अवस्थाका विषयमा विश्वका विभिन्न ५ सय स्थानको सर्वेक्षण गरिएको थियो। 

तनावग्रस्त शहरको सूचीमा दक्षिण एशियाका ४ शहर

सर्वेक्षणमा इराकको बगदाद सबैभन्दा तनावग्रस्त शहरका रुपमा देखिएको छ। तनावग्रस्त शहरको सूचीमा अफगानिस्तानको काबुल दोस्रो स्थानमा छ। अन्य दक्षिण एशियाली राष्ट्रमध्ये बंगलादेशको ढाका सातौं, पाकिस्तानको कराँची आठौं र भारतको नयाँ दिल्ली नवौं स्थानमा छन्।

यो अनुसन्धानले यसअघि सार्वजनिक भएका अनुसन्धानका नतिजालाई ओभरल्याप गरेको छ। यसअघि अस्ट्रेलियाको मेलवर्न विश्वकै खुसीयालीयुक्त शहर घोषणा भएको थियो। त्यसलाई केही समयपछि नर्वेले बिस्थापित गरेको थियो। 

तर अस्ट्रेलियामा खुसी भने सजिलै प्राप्त हुँदैन। अस्ट्रेलियाको सिड्नी र मेलवर्न विश्वकै महंगा शहरमध्ये पर्छन्। अहिलेको अध्ययनले भने कम तनाव भएका शहरको सूची निकालेको हो। 

विश्वका तनावग्रस्त शहरको सूची भने यस्तो छ
१ बग्दाद, इराक 
२ काबुल, अफगानिस्तान
३ लागोस, नाइजेरिया
४ डाकार, सेनेगल
५ कायरो इजिप्ट
६ तेहरान, इरान
७ ढाका, बंगलादेश
८ कराँची, पाकिस्तान
९ नयाँ दिल्ली, भारत
१० मनिला, फिलिपिन्स

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.