|

जनकपुरधाम: नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधिले एमालेले पूर्व राजासँग साँठगाँठ गरेर संविधान संशोधनलाई विफल बनाएर राजा फर्काउन खोजेको आरोप लगाएका छन्।

उनले एमालेकै कारण संविधान संशोधन विधेयक पारित हुन नसकेको बताउँदै एमालेले केही राजावादी शक्तिहरूसँग मिलेर संविधान संशोधनको विपक्षमा गुटबन्दी गरेको बताएका हुन्।

निधिले संविधान संशोधन विधेयकलाई एमालेले विवादमा ल्याएर तराई, मधेस र पहाडबीच लडाउन खोजेको आरोप लगाउँदै एमालेले मधेस र मधेसी जनताको अहित हुने काम गरेकै कारण आज मधेसबाट एमालेप्रति विस्तारै वितृष्णा पैदा भएको बताए।

धनुषाको जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका नेता निधिले नेपाली कांग्रेसले जनकपुरमा जिते धनुषा जित्ने र धनुषा जिते प्रदेश नं. २ मै जीतको झण्डा फहराउने बताए। उनले अन्य प्रदेशहरूमा नेपाली कांग्रेसले व्यहोरेको क्षतिलाई प्रदेश नं. २ मा पूरा गर्ने दाबीसमेत गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.