स्वास्थ्य

स्वाईन फ्लूका कारण सुर्खेतमा १ जनाको मृत्यु
SHARES

भदौ २८, २०७४

    सुर्खेत : स्वाईनफ्लूका कारण सुर्खेतमा १ जनाको मृत्यु भएको छ। गुर्भाकोट नगरपालिका वडा नम्बर ९ का ५८ वर्षिया नन्दलाल डाँगीको स्वाईन फ्लूबाट मृत्यु भएको स्वास्थ्य चौकी सहारेले जनाएको छ।

    ४२ जनाभन्दा बढी स्थानीयमा स्वाईन फ्लूको संक्रमण देखिएको छ। स्वाईन फ्लूको महामारी फैलिएसँगै ईपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा, काठमाडौं र विश्व स्वास्थ्य संगठनबाट डा.किरण चौलागाईको नेतृत्वको टोली गुर्भाकोटमा आएर गरेको अनुसन्धानपछि स्वाईन फ्लूबाट १ जनाको मृत्यु भएको पुष्टी भएको हो। 

    स्वाईन फ्लूको संक्रमण देखिएकी ५४ वर्षिया गिमिसरा डाँगीलाई काठमाण्डौको टेकु स्थित शुक्रराज टफिकल तथा सरुवा रोग अस्पतालमा उपचारका लागि लगिएको छ। जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका सुचना अधिकारी वसन्त श्रेष्ठले सुर्खेतमा पर्याप्त औषधि नभएका कारण बाहिरी जिल्लाबाट औषधि मगाएर स्वास्थ्य टोली गुर्भाकोट पठाइएको जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]