|

काठमाडौं : न्यायपरिषदले १ सय ९७ जना जिल्ला न्यायाधीशको सरुवा गरेको छ। बुधबार बसेको परिषदको बैठकले तीन जना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको छ भने १ सय ९७ जिल्ला न्यायाधीशको सरुवा गरेको छ। 

परिषदले उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीश बमकुमार श्रेष्ठ, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश डम्बरबहादुर शाही र उच्च अदालत पाटनका मुख्य न्यायाधीश टंकबहादुर मोक्तानलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो। 

त्यस्तै परिषद बैठकले सिरहाका जिल्ला न्यायाधीश अमृतबहादुर बस्नेत र तनहुँका जिल्ला न्यायाधीश अमरराज पौडेललाई काठमाडौं जिल्ला अदालतमा सरुवा गरेको छ। परिषद बैठकले असोज २ गते निर्वाचन हुने प्रदेश नम्बर २ का जिल्लाका न्यायाधीशहरु पनि सरुवा गरेको छ। 

हेर्नुस् सरुवाको सूची कसको कहाँ सरुवा?

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.