राजनीति

मधेस केन्द्रित दलहरुले जनता ठगेको प्रधानमन्त्री देउवाको आरोप
SHARES

भदौ २८, २०७४

    जनकपुर : प्रधानमन्त्री शेरबहादुर देउवाले मधेसको मुद्दा मधेस केन्द्रित दलहरुले कहिल्यै सम्बोधन गराउन नसक्ने बताएका छन्। उनले मधेसका मुद्दा सम्बोधन गराउने भनेर मधेसी जनताहरुलाई ठगिरहेको आरोप लगाए। 

    ‘मधेसका पार्टीहरु आफैंमा एक अर्कासँग झगडा गर्छन्। उनीहरुले मधेसलाई कसरी मिलाउँछन्?’ देउवाले प्रश्न गरे। उनले मधेस र पहाडबीच दुरी बढाउने षडयन्त्रमा एमाले फसेको दाबी गरे। मालेले संविधान संशोधन विपक्षमा  मतदान गरेर गल्ती गरेको उनको भनाइ छ।

    नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले मधेसमा वर्षेनी आउने बाढीको समस्या समाधानका लागि आफ्नो भारत भ्रमणका क्रममा पहल गरेको बताए।

    ‘मधेसमा बाढीले ठुलो कहर मच्चाईरहेको समयमा भएको मेरा भारत भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा विहारका मुख्य मन्त्री नितिश कुमारसँग बाढी समस्या सामाधानका लागि पहल गरेको छु। नेपाल र भारतका प्रधानमन्त्री स्तरीय बैठकले उच्चस्तरीय प्राविधिक टोली खटाएर समाधान खोज्ने सहमति भएको छ,’ उनले भने। 

    उनले नेपाली कांग्रेस प्रदेश नम्बर २ मा पहिलो पार्टीमा बनेको खण्डमा यसअघि फेल भएको संविधान संशोधन प्रस्तावलाई पारित गराउन सहज हुने बताए। 
    मधेसी जनताको भावनालाई नेपाली कांग्रेसले नै सम्बोधन गर्ने भएकोले जनकपुरमा कांग्रेसले जित्ने उनको विश्वास छ। 

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी र कम्युनिष्टले संसदीय प्रणाली विपरीत प्रत्यक्ष प्रधानमन्त्री र प्रत्यक्ष राष्ट्रपतीय प्रणाली खोजेको आरोप लगाए।

    उनले यस्तो प्रणालीले देशमा अस्थिरता पैदा गर्ने दाबी गरे। ‘प्रत्यक्ष प्रधानमन्त्री र राष्ट्रतीय प्रणाली खोज्ने पार्टीलाई भोट दिनुभयो भने देशमा आएको परिवर्तन फेरि खोसिन्छ। त्यसैले काँग्रेसलाई आफ्नो मत दिएर परिवर्तनलाई संस्थागत गर्न आग्रह गर्छु,’ उनले भने। 

    नेपाली कांग्रेस धनुषाका सभापति रामसरोज यादवको अध्यक्षतामा भएको चुनावी सभालाई नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादव, नेता कृष्णप्रसाद सिटौला, पूर्व उप–प्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, खानेपानी तथा सरसफाई मन्त्री रामकृष्ण यादव, बालकृष्ण खाँड, लिला कोइराला, प्रेम किशोर साह, चन्द्रमोहन यादव, मिनाक्षी झा, दिनेश प्रसाद प्रसैला, पुष्पलत्ता लामा, मुक्ता कुमारी यादव, प्रमिला दास, रश्मी ठाकुर सहितका नेताहरुले सम्बोधन गरेका थिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]