|

काठमाडौं : निर्वाचन आयोगले प्रदेश नम्बर २ मा आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनको प्रचारका क्रममा निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै विभिन्न ७ दललाई आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ। 

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम नेपाल, नेपाल लोकतान्त्रिक फोरम र राष्ट्रिय जनता पार्टी नेपाललाई छुट्टाछुट्टै पत्र पठाई आचार संहिताको पूर्ण  पालना गर्न÷गराउन आग्रह गरिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए। 

आयोगले धनुषामा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी कार्यक्रममा पूर्व पार्टीको चुनाव चिन्ह अंकित गम्छा लगाएर सहभागि भएको भन्दै पूर्व उपप्रधानमन्त्री तथा कांग्रेस नेता विमलेन्द्र निधिसँग २४ घण्टे स्पष्टीकरण समेत मागेको छ। 

सिरहामा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको स्वागतमा बालबालिकाको प्रयोग गरिएको भन्दै नेपाली कांग्रेसका सिरहा सभापतिसँग पनि आयोगले २४ घण्टे स्पष्टीकरण मागेको छ।

निर्वाचन आचारसंहित उल्लंघनकै विषयलाई लिएर नेपाली कांग्रेस धनुषाका सभापति तथा नेकपा माओवादी केन्द्र धनुषाका इन्चार्जसँग पनि आयोगले बेग्ला बेग्लै स्पष्टीकरण मागेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.