|

पोखरा : बेगनास वरपर मागेर खाने तथा प्रतिक्षालयमा सुत्ने एक व्यक्ति बुधबार बिहान मृत भेटिएका छन्। पोखरा लेखनाथ महानगरपालिका ३१ बेगनासस्थित बसपार्कमा रहेको यात्रु प्रतिक्षालयमा मृत भेटिएका यी व्यक्तिको नामथर खुल्न नसकेको  डिएसपी गोविन्द्र पुरीले जानकारी दिए।

उनले करिब अन्दाजी ५० को पुरुष मृत अवस्थामा फेला परेको बताए। यी व्यक्तिले लामो समयदेखि त्यस क्षेत्रमा मागेर गुजारा गर्ने गरेको र प्रतिक्षालयमा सुत्ने गरेको उनले बताए। प्रहरीले घटनाका बारेमा अनुसन्धान गरिरहेको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.