|

पोखरा : फरार अपराधी पक्राउ गर्ने अभियानमा अगाडी बढेको कास्की प्रहरीले बुधवार २ जना फरार अपराधीलाई पक्राउ गरेको छ।

विभिन्न अपराधमा संग्लन रही फरार रहेका अपराधिहरुलाई पक्राउ गर्ने कास्की प्रहरीको अभियान अन्तर्गत अदालतबाट कैद तथा जरिवाना तोकिएका तर हालसम्म फरार रहेका दुई अपराधीलाई पक्राउ गरिएको हो। 

उनीहरुलाई आजै कास्की जिल्ला अदालत पठाइएको प्रहरीले जानकारी दिएको छ। कास्कीले प्रहरीले साबिकको कास्कीकोट ५ हाल पोखरा २४ बस्ने लाल बहादुर परियारको छोरा धन बहादुर परियारलाई बहु विवाह र साबिकको कास्कीकोट ८ हाल पोखरा लेखनाथ २४ बस्ने इन्द्र बहादुर देवकोटाको श्रीमती गम्भीरा देवकोटा लागु औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ गरेको हो।

पक्राउ परेका परियारले ९ महिना १ दिन र ५ हजार रुपैयाँ जरिवाना र देवकोटाले १० महिना ९ दिन कैद सजाय भोग्न बाँकी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.