|

काठमाडौं : निर्वाचन आचारसंहिता उल्लंघन गर्दै सरकारका ९ सचिव र १२ सहसचिव एकैपटक चीन भ्रमणमा निस्किएका छन्। सचिव र सहसचिवको टोली १३ दिने भ्रमणका लागि सोमबार चीन गएको हो।

ती सरकारी अधिकारी निर्वाचन आयोगको सहमति लिएर भ्रमणमा गएका हुन्। आयोगका आयुक्त सुधिरकुमार शाहको संयोजकत्वमा गठित निर्वाचन आचारसंहिता समितिले भ्रमणको सहमति दिएको हो।

निर्वाचन आयोगले भदौ १५ देखि निर्वाचन आचारसंहिता लगाएर सरकारलाई सरुवा, बढुवा, भ्रमणलगायत कार्यक्रम स्वीकृत नगर्न आग्रह गरेको थियो। तर, आयोग आफैँले एकैपटकमा २१ जनालाई विदेश भ्रमणमा जान सहमति दिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.