|
Photo : goal.com

काठमाडौं : युरोपकै प्रतिष्ठित च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा साविकको विजेता रियल मड्रिडले विजयी सुरुवात गरेको छ। गएराति घरेलु मैदानमा भएको खेलमा रियलले एपोइल निकोसियालाई ३-० गोल अन्तरले पराजित गर्‍यो।

रियलको जितमा क्रिस्टियानो रोनाल्डोले २ तथा सर्जियो रामोसले १ गोल गरे। १२औं मिनेटमा गोल गर्दै दिलाएको अग्रता रोनाल्डोले ५१औं मिनेटमा पेनाल्टीमार्फत दोब्बर पारे। ६१औं मिनेटमा सर्जियो रामोसले बललाई जाली चुमाउँदा रियलले सहज जित दर्ता गर्‍यो।

गत सिजन फाइनलमा युभेन्टसलाई हराउँदै रियलले उपाधि जितेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.