|
Photo : goal.com

काठमाडौं : पेप ग्वार्डिओला नेतृत्वको इंग्लिस क्लब म्यान्चेस्टर सिटीले च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा शानदार सुरुवात गरेको छ। गएराति भएको खेलमा सिटीले डच च्याम्पियन फेएनूर्डलाई ४-० गोल अन्तरले पराजित गर्‍यो।

सिटीको जितमा डिफेन्डर जोन स्टोन्सले २ तथा स्ट्राइकरद्वय सर्जियो एग्युरो र गाब्रियल जेससले १-१ गोल गरे। खेलको दोस्रो मिनेटमै स्टोन्सको गोलबाट लिएको अग्रता दशौँ मिनेटमा एग्युरोले दोब्बर पारे। २५औं मिनेटमा जेससले बललाई जाली चुमाउँदा सिटीले अग्रता ३-० मा पुर्‍यायो। ६३औं मिनेटमा हेडमार्फत स्टोन्सले गोल गर्दा च्याम्पियन्स लिगमा सिटीको शानदार सुरुवात सम्भव भयो।

गएराति नै भएको खेलमा अर्को इंग्लिस टोली टोटनह्याम हट्सपरले बोरुसिया डर्डमुण्डलाई ३-१ ले पराजित गर्दा लिभरपुलले सेभियासँग २-२ बराबरी खेलेको छ।

यस सिजन च्याम्पियन्स लिगमा स्कटिस च्याम्पियन सेल्टिकसहित ६ इंग्लिस क्लब सामेल छन्।

प्रिमियर लिगको शीर्ष ३ भित्र पर्दै चेल्सी, टोटनह्याम र म्यान सिटीले च्याम्पियन लिगमा स्थान पक्का गरेका हुन् भने लिभरपुलले प्लेअफ खेलेर तथा म्यान्चेस्टर युनाइटेडले युरोपा लिग च्याम्पियनको रुपमा प्रवेश पाएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.