|

धनकुटा : कोशी पहाडी चार जिल्लामा अापराधिक घटनाका मुद्दा बढेको एक तथ्या‌कले देखाएको छ। आर्थिक वर्ष २०७३\७४ मा धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुर जिल्लाका मुद्दा हेर्ने उच्च अदालत विराटनगरको धनकुटा इजलासमा अापराधिक मुद्दा धेरै दर्ता भएका हुन्।

धनकुटा इजलासले पत्रकार अन्तरक्रिया कार्यक्रम गरेर दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा दर्ता भएका ५१ वटा र अघिल्लो आर्थिक वर्षका जिम्मेवारी सरेर आएका ४९ वटा गरि सय मुद्दा दर्ता भएका छन्। 

यी दुईमध्ये ५७ वटा सरकारीवादी फौजदारी, जबर्जस्ती करणी, बच्चा जन्माएर फाल्ने, शारीरिक बन्धक, अपहरण, बेचबिखन र कर्तव्य ज्यान मुद्दा रहेका छन् । तीमध्ये १४ वटा फर्छ्योट भएका छन् भने ४३ वटा मुद्दा फर्छ्योट हुन बाँकी रहेको धनकुटा इजलासका न्यायाधीश जनक पाण्डेले जानकारी दिए। 

अघिल्लो वर्ष दर्ता भएको ३ सय ६६ मुद्दामध्ये अपराधसँग सम्बन्धित सरकारी फौजदारी मुद्दा २ सय १० वटा दर्ता भएका थिए । दुनियाँवादी फौजदारी, कुटपिट, लुटपाट र गाली बेइज्जतीका मुद्दा ९ वटा छन्। यी मुद्दा अझै फर्छ्योट भएका छैनन्। अघिल्लो वर्ष दुनियाँवादी फौजदारी मुद्दा ३५ वटा दर्ता भएका थिए। दुनियाँवादी, देवानी, लेनदेन, अंश जालसाजी का मुद्दा १३ वटा, रिट निवेदन २० वटा र साधक मुद्दा एउटा दर्ता भएका छन्। 

वैदेशिक रोजगारीले सिर्जना गरेको सामाजिक विकृति, महिला अधिकारको अधिकतम प्रयोग र कानुनी साक्षरताको कमीका कारण अपराधका घटना बढेका छन् । अपराध घटना मिलापत्र नहुने भएकाले अदालतमा मुद्दा धेरै दर्ता भएको धनकुटा इजलासका न्यायाधीश उमेश शंकर सिंहले बताए। 

आर्थिक वर्ष २०७३\७४ मा धनकुटा इजलासले ८५ दशमलव ४१ प्रतिशत मुद्दा फर्छ्योट गरेको थियो। न्यायलयमा सबै न्यायाधीश वकिल, कर्मचारीको सामूहिक प्रयासको कारण छिटो मुद्दा फैसला गर्न सफल भएको न्यायाधीश सिंहले बताए।

यी बाहेक म्याद तामेली इमेलबाट र तारिखबाट सम्बन्धित जिल्ला अदालतमा उपस्थित भई अनलाइनबाट हुने र मुद्दाको विषयमा जानकारी मोबाइलको एसएमएसबाट गर्ने थालेपछि मुद्दा फर्छ्योट छिटो भएको कार्यक्रममा जानकारी दिइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.