|

इलाम : मादक पदार्थ सेवन गरी विद्यालय आएको आरोपमा एक प्रधानाध्यापकलाई प्रहरीले बुधबार पक्राउ गरेको छ।

रोङ गाउँपालिका–६ सलकपुरस्थित मोतीराम माध्यमिक विद्यालयका प्रधानाध्यापक लालबहादुर श्रेष्ठलाई जिर्मले प्रहरी चौकीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

बारम्बार मादकपदार्थ सेवन गर्ने श्रेष्ठलाई पटकपटक चेतावनी दिँदासमेत नसुध्रिएपछि विद्यालयमै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। अत्यधिक मदिरा सेवन गरेर विद्यालय नै दुर्गन्धित हुने गरी विद्यालय आएपछि प्रहरीले प्रअ श्रेष्ठलाई नियन्त्रणमा लिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ।

जिल्ला शिक्षा कार्यालय इलामका शाखा अधिकृत डम्बर सुवेदीले विद्यालयका प्रअलाई विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार कारबाही हुने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.